डडेल्धुराको भागेश्वर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

डडेल्धुरा-डडेल्धुराको गाउँपालिकालाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पूर्ण खोपका सबै सूचकांक पूरा गरेको आधारमा भागेश्वर गाउपालिका लाई आज शनिबार पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पूरा गरी १६ महिनादेखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप पाएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको भागेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा मार्फत दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि भागेश्वर गाउँपालिकाको सबै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाएको र नपाएको एकिन गरी वडा र पालिकाको पूर्ण खोप सुनिश्चितता गरिएको शाखाले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.