विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान

डडेल्धुरा-आज विश्वभर मनाईने विश्व रक्तदाता दिवस डडेल्धुरामा पनि रक्तदान गरी मनाइयो ।

डडेल्धुरा जेसिज वर्ष २०२४को आयोजनामा विश्व रक्तदाता दिवस मनाइएको हो । डडेल्धुरा जेसीज वर्ष २०२४ का अध्यक्ष लक्ष्मी कुमारी ऐरको अध्यक्षता तथा नेपाल रेडक्रस सोसायटी डडेल्धुरा का सभापति मदनराज चटौतको प्रमुख आतिथ्यतामा विश्व रक्तदाता दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा डडेल्धुरा जेसीज वर्ष १४ का अध्यक्ष मिना फुलारा तथा वर्ष २०२२ का अध्यक्ष हिक्मत बहादुर सिँह लगायत जेसीज पदाधिकारी तथा संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एबं नेपाल रेडक्रस सोसायटीका जिल्ला सभापति मदन राज चटौत ले डडेल्धुरा जेसीज ले विभिन्न समयमा रक्तदान कायक्रम संञ्चालन गरी व्लड बैँक लाई सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै विश्व रक्तदाता दिवशको अवसरमा सबै रक्तदाताहरु लाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा डडेल्धुरा जेसीज वर्ष२०२४ का अध्यक्ष लक्ष्मी कुमारी ऐरले कार्यक्रममा सहभागीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवा लाई डडेल्धुरा जेसीजे निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा केही रक्तदाताले रक्तदान गर्नुभएको थियो भने केही दाताहरु ले आवश्यक परेमा रक्तदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

You might also like