बार्षिकोत्सवको अवसरमा आफ्नो एफ.एम.डडेल्धुराको बिधालय लाइ सहयोग

डडेल्धुरा -मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित जिल्लाको पहिलो सामुदायिक रेडियो आफनो एफ.एम.१०४.८ मेघाहर्जले आफनो स्थापनाको १७ औ बार्षिकोत्सव  विविध कार्यक्रम साथ मनाइरहेको छ । जस अन्तर्गत बिहीवार वार्षिकोत्सवको पुर्बसन्ध्यामा शैक्षिक र खेलकुद सामाग्री बितरण गरेको छ ।

जिल्लाको अमरगढि नगरपालिका वडा न ०६ स्थित गणेशमान स्मृति प्राथमिक बिधालय दुमडा र सम्भुनाथ आधारभुत बिधालय छचोडा गरि २ बिधालयका एक सय ५६ जना बिद्यार्थी लाइ प्रति बिद्यार्थी एक दर्जन कापि, १ दर्जन पेन्सिल र कलम बितरण गरेको हो ।

कार्यक्रममा आफ्नो एफ.एम. नेपाल का संयोजक विजय कुमार मानन्धरले बिध्यालय परिवार लाइ धन्यवाद व्यक्त गर्नुका साथै रेडियोको पृष्ठभुमि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा अमरगढि नगरपालिका वडा न ०६ का वडा अध्यक्ष केबि ताम्राकारले आफ्नो एफ.एम. ले समाज रुपान्तरण का निम्ति दुर दराज मा रहेका बिभिन्न समस्या या विभिन्न प्राबिधिक कारणले बिधालय आउन नसकेका तथा खेलकुद क्षेत्र मा पछि परेकाहरुलाइ यसरि आवस्यकताको सामाग्री दिएर बिद्यार्थी को उज्वल भबिश्यका निम्ति दयनीय काम गरेको र समाज रुपान्तरणका निम्ति काम गरेको कारण धन्यवाद व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ डडेल्धुराका सचिब पुस्कर भन्डारिले डडेल्धुरा जिल्लामा सन्चार जगतको सुरुवात गरि बिभिन्न शिक्षा, सुचना, जानकारी ,सन्देश तथा सुशासनको पक्षमा पैरवी गर्नु भएको कारण धन्यवाद व्यक्त गरेका हुन र रेडियो भित्र मात्र नभएर बाहिरको काम पनि सेवा को रुपमा गर्नुभएको कारण यो कार्य असल रहेको र रेडियोको प्रगतिको सुभकामना व्यक्त गरेका थिए ।

You might also like