पदम जोरा
जोगबुढा नेपाल राष्ट्रबैंक वाट मान्यता प्राप्त (क) वर्गको ग्लोबल आई.एम.ई. बैंक डडेल्धुरा शाखाले जेहेन्दार, विपन्न छात्रबृति रकम हस्तान्तरण गरेको छ ।
बैंकको जोगबुडा उप साखा मार्फत परशुराम नगरपालिका वडा नं. ७ सादनी स्थित शिवशंकर माद्यमिक बिद्यालय सादनीमा कक्षा ७ मा अध्ययनरत छात्रा एन्जिला बिष्ट यो आर्थिक वर्षमा छनौट भएकाले उहाँलाई पहिलो किस्ता वाफत रु १२ हजारको चेक हस्तान्तरण गरिएको हो ।
बैंकले ग्लोवल आईएमई छात्रबृति कार्यक्रम अन्तरगत देशभरका शाखा मार्फत वर्षेनी जेहेन्दार बिपन्न, छात्राहरुलाई छात्रवृत्ति वितरण गर्ने गरेको छ । शिवशंकर माबि सादनीकी छात्रा एन्जिला विष्ट लाई कक्षा ७ देखी नै छात्रबृतिमा छनौट हुनु भएको विद्यालयका प्रधानाध्यापक केशव राज अवस्थीले जानकारी दिनु भएको छ ।
बैंकले दुर्गम, अति गरिब र छात्रा लाई हरेक बर्ष आफ्ना बिभिन्न साखा मार्फत वर्षेनी कक्षा ७ देखी १२ सम्म पठन–पाठनमा सहज होस भनी १ जना छात्रालाई छात्रबृति दिने गरेको छ ।