परशुरामको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय अनुगमन र तालिम

पदम जोरा
डडेल्धुरा-डडेल्धुराको परशुराम नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न प्रयास थालेको छ ।
६३ समुदायमा आधारित र १२ संस्थागत विद्यालय रहेको परशुराम नगरपालिकाले शैक्षिक गुणस्तर कायम गर्न नयाँ रणनैतिक प्रयास थालिएको छ ।
दक्ष जनशक्ति उत्पादन गर्न सके अन्य क्षेत्रको विकास सम्भव रहेकाले हाम्रो मुख्य लक्ष्य नै शैक्षिक गुणस्तर सुधार रहेको नगर–प्रमुख भरत वडायर जोशीको भनाई छ । प्रत्येक आर्थिक वर्षको निति तथा कार्यक्रम र वजेटमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्छौं नगर–प्रमुख जोशीको वताए ।
अहिले नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद साखा मार्फत शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा नयाँ र फरक अभ्यास सञ्चालन गरि रहेको उहाँको भनाई छ ।
ईच्छाशक्ति भए हरेक काम सम्भव रहेको ठानी सिमित वजेट र श्रोत साधानले साखा मार्फत शैक्षिक गुणस्तर सुधारका प्रयास थालिएको शिक्षा, युवा तथा खेलकुद साखा प्रमुख लक्ष्मी बिष्टको भनाई छ ।


हामीले शैक्षिक गुणस्तर सुधारका लागि, अभिवाक सचेतना, शिक्षक, विद्यार्थी, अभिवाक र जनप्रतिनिधी विच अन्तरक्रिया कार्यक्रम लाई वढवा दिइएको प्रमुख विष्टको भनाई छ ।

गत शैक्षिक सत्र वाट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिवाबक संघका पदाधिकारीहरु विच अन्तक्रिया तथा प्रशिक्षण सञ्चालन गर्ने गरेकोे उहाँले जानकारी दिनु भयो ।

हाम्रो लक्ष्य परशुरामको शैक्षिक सुधार गर्ने हो । सामाजिक बिकास समिति मार्फत अहिले विद्यालय अनुगमन लाई तिब्रता दिई रहेका छौं सामाजिक विकास समिति संयोजक देव वहादुर बोहराको भनाई छ ।

हाम्रो समाज गरिबीको रेखामुनी छ, पुरुष अभिवाबकहरु रोजगारीका लागि बाह्यिमुलुक तिर ज्याला मजदुरीमा जानु पर्ने वाध्यताले यहाँको शैक्षिक गुणस्तर सुधारमा थोरै मात्रामा अप्ठेरो छ बोहराले थपे ।

अभिवाबकहरु कमाउन जाने र घरमा वालवालिकाहरु आमा ,हजुर आमा, हजुर वुवाको अभिवाबकत्वमा रहने हुदा हाम्रो लक्ष्यमा कठिनाई छ, सामाजिक बिकास समिति सदस्य तथा पुर्व शिक्षक पदमराज जोशीको भनाई छ ।

संघियता पश्चात जिल्ला शिक्षा कार्यालयवाट नयाँ संरचना अनुसार शिक्षा समन्वय र श्रोतकेन्द्र वाट शिक्षा साखामा रुपान्तरित पश्चात स्थानीय सरकारलाई शैक्षिक गुणस्तर सुधारमा निकै सकस देखीएको छ ।

शिक्षा कार्यालय अर्थात समन्वयको टाउको दुखाईको विषय पनि स्थानीय सरकारको जिम्मेवारीमा आएको छ ।
आम नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले पनि शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारलाई झनै भार थपिएको जानकारहरुको भनाई छ ।

सामुदायिक विद्यालयहरुमा भौतिक पुर्वाधार, प्रबिधिमैत्री, छात्र/छात्रामैत्री वालमैत्री, दरवन्दि मिलान र समायोजन ,दिवाखाजा, तालिम, प्रशिक्षण,स्यानेटरीप्याड, अनुगमन लगायतका क्षेत्रमा मन्त्रालय र बिभागवाट निर्देशन,वजेट विनियोजन हुने गरेको भए पनि भौगोलिक विकटता जस्ता समस्याले शैक्षिक गुणस्तर सुधारमा बाधा आउने गरेको पाईन्छ ।

शैक्षिक गुणस्तरका लागि सरकारी निकाय वाट निति, नियम र कार्यबिधि ल्याईन्छन कार्यान्वयको चरणमा संघिय, प्रदेश र स्थानीय सरकार विचको यथेष्ठ समन्वय अभावले कठिनाई हुने सवाल पनि शिक्षा क्षेत्रमा उठ्ने गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.