डडेल्धुरा –डडेल्धुरा सदरमुकाममा आज एक कार्यक्रम का बिच डडेल्धुराका साना तथा मझौला उद्यमी व्यबसायिहरुलाइ बिपद जोखिम हस्तान्तरण तथा बिमा सम्बन्धि अभिमुखीकरण सम्पन्न गरीएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएन ओमनको प्राबिधिक सहयोग र अमरगढी नगरपालिका संगको सहकार्यमा ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित सहरी बिपद तथा भुकम्पीय पुर्ब तयारी परीयोजना अन्तर्गत उक्त कार्यक्रम गरीएको हो ।
बिपद पुर्ब तयारी तथा जोखिमको प्रभाब न्युनिकरण गर्न जोखिम स्थानान्तरणको बिकल्पका लागी बीमा सम्बन्धि सचेतना फैलाउन उक्त कार्यक्रम गरीएको हो ।
उक्त कार्यक्रम पश्चात शहरी बिपद व्यबस्थापनका लागी सँयुक्त रुपमा प्रतिकार्य क्षमता अभिबृद्धि गरी सहकार्य सहित अगाढी बढ्ने, पालिका भित्र हुन सक्ने बिपद जोखिम हस्तान्त्रण गर्ने कार्यमा आपसी सहयोग र सहकार्य सहित बिपद व्यबस्थापनमा हातेमालो गर्ने, पालिकामा बिपद जोखिम बिमा सम्बन्धी कार्यविधि बनाउनका लागी पहल गरी पालिका भित्रका सँरचना तथा व्यापार व्यबसायहरुलाइ थप सहयोग गर्ने कार्यमा उद्योग बाणिज्य सँघले अगुवाइ गर्ने र अन्य सरोकारवालाहरुले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
उक्त कार्यक्रमको अध्यक्षता रुडुक डडेल्धुराका अध्यक्ष मानकुमारी थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन र प्रस्तुतीकरण ग्रामिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) का कार्यकारी निर्देशक अमर बहादुर साउद ले गर्नुभएको थियो । कार्यक्रममा नेपाल विमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख ह्रिदयश्वर पण्डित लगायत बिमा कम्पनीका प्रतिनिधिहरुले बिमाका बारेमा सहजिकरण गर्नुभएको थियो ।