लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि कार्यशाला सम्पन्न

डडेल्धुरा-डडेल्धुरा सदरमुकाम मा हिजो बाट सुरु भएको लैङ्गिक उत्तरदायी बजेट अबधारणा र बजेट कोडिङ्ग अभ्यास कार्यसाला आज सम्पन्न भएको छ ।
प्रदेस नीति तथा योजना आयोगले आयोजना गरेको उक्त कार्यक्रम मा डोटि, कैलाली,कन्चनपुर,बझाङ्ग र बाजुरा का १० वटा स्थानिय तह का जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत हरु को सहभागिता रहेको थियो ।

कार्यक्रम मा सहभागी भएका अधिकास सहभागी ले यो कार्यक्रम निकै प्रभाबकारी रहेको र आफू हरु योजना तर्जुमा प्रक्रियामा मा रहेका ले लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्न सहयोग हुने बताउनु भयो ।

कार्यक्रम मा बडिमालिका नगरपालिका बाजुरा का नगर उपप्रमुख नन्दा थापा ले कार्यसाला ले धेरै कुरा सिकाएको र सहभागी हरु ले आफुले सिकेका कुरा सम्बन्धित तहमा अरुलाई पनि सिकाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बक्ता हरुले स्थानियतह मा योजना निर्माण गर्ने प्रक्रिया मा वडा स्तर का जनप्रतिनिधि र वडा स्तर को कर्मचारी हरु को सहभागीता हुने हुदा उनिहरु लाई पनि यस्ता कार्यक्रम मा सहभागिता गराउनु पर्ने बताए ।

कार्यशाला को समापन कार्यक्रमका अध्यक्ष एब दिपायल सिलगडी नगरपालिका का नगरप्रमुख बाजि सिह खड्काले श्रोत ले भ्याए सम्म यस्ता कार्यक्रम हरु अन्त पनि बिस्तार गर्न आयोजक लाई अनुरोध गर्नु भयो ।
कार्यक्रमका सहभागीहरु मध्येका एक दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शंकर सुचिकारले बजेट निर्माणको पूर्वसन्ध्यामा भएकोले आगामी बजेट निर्माणमा लैगिंक उत्तरदायी बजेट निर्माण गर्न सहज हुने बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.