प्रभावमा आधारित पुर्वानुमान कार्यशाला सुरु

पवित्रा रोका
जोगबुडा-परशुराम नगरपालिकाको आयोजना र जल तथा मौसम विज्ञान विभाग काठमाण्डौंको समन्वयमा एन एन यस डव्लु ए, आइ यच आर आर, नक्सा प्रालि र डि सि ए को प्राबिधिक सहयोगमा २ दिने प्रभावमा आधारित पुर्वानुमान कार्यशाला गोष्ठी सुरु भएको हो ।

परशुराम नगरपालिकाको सभाहलमा सुरु भएको कार्यशाला गोष्ठि कार्यवाहक नगर–प्रमुख बिमला कुमारी बोहरा महताको अध्यक्षतामा उद्घाटन भएको हो ।
विशेष गरेर मौसम पुर्वानुमानलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको हो । भई परि आउने प्राकृतिक र कृतिम विपदहरुवाट जोगिनका लागि पुर्वानुमानको जरुरी रहने भएकाले गोष्ठिको आयोजना गरिएको का.वा.नगर–प्रमुख विमला कुमारी बोहरा महताले जानकारी दिनु भयो ।

परशुराम नगरपालिकाका कार्यवाहक नगर– प्रमुख विमला कुमारी महताको संयोजकत्वमा १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषगत शाखाहरुलाई पुर्वानुमान विषयमा जानकारी गराईने भएको छ । उक्त कार्याशालाको सहजिकरण जल तथा मौसम विभाग काठमाण्डौंका उप–सचिव, बरुण पौडेल र बिज्ञ दिनानाथ भण्डारी, सुरज गौतम ले गरि रहनु भएकोछ एन एन यस डव्लु ए, आइ यचआरआर, नक्सा प्रालि र डिसिएका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.