डडेल्धुरा–डडेल्धुरामा आज देखी दुई दिने लैङ्गिक उत्तरदायी बजेट अवधारणा र कोडिङ्ग अभ्यास कार्यशाला सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा “सशक्त महिला समृद्ध नेपाल”कार्यक्रमले सह आयोजना गरेको कार्यशाला डडेल्धुरा स्थित रातो गुँरास रिसोर्टमा सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश बि.क.को अध्यक्षतामा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा सुदरपश्चिमका ५ जिल्लाका १० वटा स्थानिय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
युरोपनि युनियन, युनाईटेड नेसन्स नेपाल र नेपाल सरकारको साझेदारीमा संञ्चालन भइरहेको “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रम सुदरपश्चिमका ५ जिल्लाका १० वटा स्थानिय तहमा संञ्चालन भइरहेको छ ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले सहभागीहरु लाई स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा यु.एन.वुमनका कार्यक्रम विशेषज्ञ सन्तोष आचार्यले यस कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट अवधारणा र कोडिङ्ग अभ्यास सम्बन्धि जानकारी दिइने बताउनुभयो ।