कटालको सहकारी चोरी प्रकरणः घटना अनुसन्धानमा ढिलाई भएको गुनासो

पदम जोरा
जोगबुढा-डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ४ कटालको शिर्ष साना किसान कृषि सहकारी संस्था लि.मा चोरी भएको घटनाको अनुसन्धानमा ढिलाई भएको भन्दै सर्वत्र आलोचना वढेको छ । प्रहरीले अनुसन्धान प्रकृया चैत्र २५ गते वाट अगाडी बढाए पनि आम नागरिक र शेयर सदस्यहरु घटना भएको २ महिना पुग्दा समेत दोशी पत्ता नलाग्नुले झनै आक्रोसीत बन्दै गएका छन ।

गत २०८० चैत्र २३ गते राती शिर्ष साना कृषि सहकारी संस्थामा चोरी भएको थियो । सहकारीको ११ लाख १३ हजार, ४ सय ९६ रुपैया चोरी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । सहकारी चोरी घटना भएको आज ठिक जेठ २५ गते २ महिना ३ दिन पुगेको छ ।

सहकारीमा चोरी भएको घटना गत चैत्र २५ मात्रै आफुलाई जानकारीमा आएको सहकारीका अध्यक्ष बिरेन्द्र विष्टले वताउदै आएका छन । २३ गते शुक्रवार २४ गते शनिवार परेकाले आफुलाई घटना ढिलो जानकारी आएको उहाँले वताए ।
सहकारी चोरी भएको जानकारी पश्चात २०८० चैत्र २५ गते प्रहरीमा जाहेरी दिएको अध्यक्ष विष्टको भनाई छ । सहकारीमा भएको चोरी घटनाको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान भई रहेको जानकारी दिदै आएको छ ।

आम नागरिक , शेयर सदस्यवाट उठेका सवालहरुको विषयमा छलफल गर्न सहकारी संस्थाले बैसाख १५ गते भागेश्वर माबि कटालमा अध्यक्ष,म्यानेजर भेला डाक्यो भेलामा सहकारीका प्रबन्धक हरिश प्रशाद भट्टको अभिव्यक्ति वाट झनै शेयर सदस्यहरु सशंकित वनेको पाईन्छ ।

अहिले बचतर्कता र शेयर सदस्यहरुको एउटै मात्र प्रश्न रहेको छ । चित्त बुझ्दो अनुसन्धान हुनु पर्ने विगतमा पनि चोरी भएको भए पनि चित्त बुझ्दो प्रतिवेदन सार्वजनिक नभएको उहाँहरुको गुनासो छ ।

यस सहकारीमा घटेको यो दोस्रो घटना हो । दवाव र प्रभावमा घटना ढाकछोप न हुनु पर्नेमा बचतकर्ता र शेयर सदस्यहरु रहेकाछन ।
सहकारीका सञ्चालक समिति पदाधिकारी,कर्मचारी,पुर्व पदाधिकारी र अन्य केही नागरिक वाट सुक्ष्म अनुसन्धान थालेको प्रहरीले २ महिना ३ दिन सम्म घटना सार्वजनिक गर्न सकेको देखिदैन ।

 

You might also like
Leave A Reply

Your email address will not be published.