परशुरामको रङ्गुन नदिमा वाढिजन्य विपदको कृतिम अभ्यास सम्पन्न

पवित्रा रोकामगर
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ४ र १२ जोड्ने रंगुन नदीमा वाढिजन्य विपदको कृतिम अभ्यास गरिएको छ । भई परि आउने अन्य विपद संगै भित्रिमधेषमा वाढिको उच्च जोखिम हुने भएकाले वाढिको विपद वाट जोगिनका लागि कृतिम अभ्यास गरिएको परशुराम नगरपालिकाले जनाएको छ ।

नेपाली शेनाको अर्जुनवाण गण जोगबुडाको आयोजना , परशुराम नगरपालिकाको समन्वयमा र निड्स नेपाल कञ्चनपुरको प्राबिधिक सहयोगमा कृतिम अभ्यास सम्पन्न भएको हो ।

परशुराम नगरपालिका नगर–प्रमुख भरत वडायर जोशीको संयोजकत्वमा सरोकारवालाहरुको सहभागितामा बाढिजन्य विपद आई हालेमा कसरी पुर्व सूचना दिने, लिने, कसरी समुदाय बस्ती, र मानव जोगाउने भन्ने विषयमा कृतिम अभ्यास मार्फत सचेतना दिइएको परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले जानकारी दिनु भएको छ ।

नगरपालिका वन, वातावरण विपद व्यवस्थापन शाखा, सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले हरेक विपदको क्षेत्रमा पुर्व तयारी,राहात,उद्वार, सामग्री हस्तान्तरणको क्षेत्रमा काम गरि रहेको शाखा प्रमुख हृदेश धामीले जानकारी दिनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.