परशुरामको वडा न ८ मा निःशुल्क स्वास्थ्य सिबिर सुरु

पवित्रा रोकामगर
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ८ जमरानीले दुर्गम बस्तीहरुमा निःशुल्क स्वास्थ्य सिबिर सुरु गरेको छ ।
स्थानीय नागरिकलाई गाँउमै स्वास्थ्य सेवा र दैलोमै दवाई अभियान सहित निःशुल्क स्वास्थ्य सिबिर संचालन गरिएको वडा अध्यक्ष दिनेश प्रशाद जोशीले जानकारी दिए ।

नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत कार्यक्रम अन्तरगत सिबिर सञ्चालन गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।,
वडा नं. ८ का र्दुगम बस्तीहरु साईसन, गुप्तेगडा, ऐडुङग्रा क्षेत्रका नागरिकको स्वास्थ्य परिक्षण, निःशुल्क औषधी वितरण,परामर्ष सहित सरफाई सचेतना सिबिरमा दिइएको जोगबुडा अस्पतालका डा.जितेन्द्र चौधरीले जानकारी दिए ।
वडा नं. ८ को दुर्गमबस्तीमा विगतमा झाडापाखाला फैलिएकोले समेत पुर्व सर्तकता स्वरुप सिबिरवाट थप स्वास्थ्य सेवा दिइएको हो ।
हामी सिबिरमा वडाका नागरिकलाई उमालेर पानी पिउने, दिसा पिसाप, सौचालयमात्र गर्ने , घर आगन सौचालय सरसफाई गर्ने जस्ता सचेतना समेत दिइ रहेको डा. चौधरीको भनाई छ ।

महिला र वालवालिका मात्रै घरमा रहेका कारण पनि यहा सरसफाई सचेतना स्वास्थ्य चेकजाँच र उपचारमा समस्या रहने गरेको जिल्ला समन्वय समिति सदस्य लिला धामीले जानकारी दिनु भएको छ ।
उक्त सिबिर निरन्तर ५ दिन सम्म सञ्चालन हुने जमरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख रमेश बोहराले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.