पदम जोरा
डडेल्धुरा डडेल्धुराको परशुराम नगरपालिकामा नगर–उप प्रमुख कोशेली कार्यक्रम सञ्चालन भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत लक्षित कार्यक्रम अन्तरगत नगर–उप प्रमुख बिमला कुमारी वोहरा महताले परशुराम नगरपालिकाको वडा नंं. ५ परिगाँउ स्थित शिर्ष स्वास्थ्य चौकिमा वडा नं. ५ का २५ जना लक्षित सुनौला हजार दिनका , गर्भवती र सुत्केरी महिलाहरुलाई उपमेयर कोशेली वितरण गर्नु भएको हो ।
उपमेयर कोशेली कार्यबिधि २०७४ संसोधित २०७६ बमोजिम आईतवार परिगाँउका २५ जना महिलाहरुलाई १ क्रेट अण्डा, १ किलो सुद्व घिउ, नुहाउने सावुन, नेल कटर, दाल, वितरण गरिएको हो ।
उपमेयर कोशेलीको संसोधित कार्यबिधिमा ८ पटक गर्भजाचँ गराएका, गर्भवती, सुत्केरी र सुनौला हजार दिनका महिला माथि उल्लेखीत कोशेली प्रदान गरिनु पर्ने व्यवस्था छ ।
उप मेयर कोशेली कार्यक्रम १२ वटै वडामा वितरण गरिने उपमेयर बिमला कुमारी बोहरा महताले जानकारी दिनु भएको छ । आईतवार शिर्ष स्वास्थ्य चौकी परिगाँउमा स्वास्थ्य साखा प्रमुख तेज वहादुर सिहं, अन्य स्वास्थ्यकर्मी सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागितामा कोशेली प्रदान गरिएको हो ।
कोशेली वितरण संगै, स्वास्थ्य र सरसफाइको वारेमा समेत सहभगिहरुलाई सचेतना दिइएको स्वास्थ्य साखा प्रमुख तेज वहादुर सिंहले जानकारी दिनु भएको छ ।