डडेल्धुरामा सुदूरपश्चिम स्तरीय अण्डर–१९ क्रिकेट प्रतियोगिता सुरु

डडेल्धुरा -डडेल्धुरामा आजदेखि सुदूरपश्चिम स्तरीय अन्डर–१९ क्रिकेट प्रतियोगिता सुरु भएको । जिल्लाको परशुराम नगरपालिका वडा नं. १२ स्थित रंगमैदानमा आज विहान एक औपचारिक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन भएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि परशुराम नगरपालिकाका प्रमुख भरत वडायर जोशी थिए । कार्यक्रमका प्रमुख अतिथि तथा परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी ले परशुराम नगरपालिकाले खेलकुद लाई उच्च प्राथमिकतामा राखेको र आगामी दिनमा क्रिकेट लगायत अन्य खेलकुदको विकासका लागी महत्वपूर्ण योजना अगाडी ल्याईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यान आबद्ध सुदुरपश्चिम प्रदेशका ८ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह “ए” मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी तथा समूह “बी” मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन् । उद्घाटन पश्चात डडेल्धुरा र दार्चुला प्रतियोगिताको पहिलो खेल खेलिरहेको छ ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.