विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको मनन गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखलाई विश्व दूध दिवस मनाउन सुरु गरेको हो। नेपालले पनि सन् २०११ देखि यो दिवस मनाउन थालेको हो ।
दुध मानवजीवनको अनिवार्य पोषक तत्व हो मानव स्वास्थ्यका लागि जन्मदेखि बाचुञ्जेल दुध सेवन गरिराख्नु अति उत्तम हुन्छ । नवजात शिशुलाई जन्मदासाथ आमाको दुध दिनुपर्छ । अन्य पोशक तत्वभन्दा आमाको दुध सयौं गुणा शक्तिशाली हुनाले जन्मदेखि तीनवर्षसम्म चुसाइराख्नु स्वास्थ्यको लागि राम्रो हुन्छ । आमाको दुधको साथमा गाईवस्तुको दुधको दिंदा शरीरलाई आवश्यक पर्ने थप पोशक तत्व प्राप्त हुन्छ । दुध अन्य पौष्टिक आहारभन्दा बढी उत्तम हुनाले बालकदेखि बृद्धसम्मले आवश्यक मात्रामा पिइरहनुपर्दछ ।
प्रत्येक व्यक्तिले आवश्यक पोषकतत्व प्राप्त गर्न हरेक दिन २ सय ५० मिलिलिटर दुध सेवन गर्नुपर्छ । स्वास्थ्यविज्ञका अनुसार नेपालको सन्दर्भमा मानवस्वास्थ्यको पूर्ण विकासका लागि उक्त दुधको मात्रा पर्याप्त हुन्छ । दुध सेवन गर्ने मापदण्ड विश्वमा फरक फरक छन् । सोहीअनुसार हाम्रो मुलुकमा पनि फरक नै हुनु स्वभाविक नै हो । गाईभैंसीको दुध नियमित सेवन गर्दा दिमाग तेजिलो हुन्छ । हाडजोर्नीहरु बलिया हुन्छन् । स्मरणशक्ति बढ्दै जान्छ । दूध पिउँदा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुन्छ ।
डडेल्धुरामा दुधको महत्व र माग बढ्दै गएपछि भागेश्वर गाउँपालिका केही किसानहरुले व्यावसायिक रुपमा भैसी र गाईवस्तु पाल्दै आएका छन् ।प्रदेश र स्थानीय सरकारले व्यावसायिक पशुपालक किसानलाई भैसी, गाई र घाँसमा अनुदान दिन थालेपछि पशुपालक किसानहरुको संख्या बढ्दै गएको छ ।प्रदेश,स्थानीय तथा संघीय सरकारले पनि विभिन्न माध्यमले किसानलाई प्रोत्साहन गर्दै आएका छन् । भागेश्वर ४ का किसानहरुले दुधको उत्पादन र बजारीकरणलाई पनि विस्तार गर्दै लगेका छन् ।
तसर्थः दुध मानव स्वास्थ्यका लागि अपरिहार्य तरल पदार्थ हो । मानव स्वास्थ्यलाई आवश्यक पर्ने पोषक तत्व प्राप्त हुनाले बालकदेखि बृद्धसम्मले ताजा दुध सेवन गर्नुपर्छ । भारतीय कम्पनीहरुबाट आयात हुने गरेका पाउडर दुध सेवन गर्ने बानी छ भने आजैदेखि हटाउनु आवश्यक छ । गाईवस्तुबाट उत्पादित दुधमा जति पोषणतत्व पाइन्छ त्यति पाउडर दुधबाट प्राप्त हुँदैन । पाउडर दुधको उपभोग्य मिति यकिन हुन सकेन भने त्यसको सेवन प्रत्युत्पादक पनि हुनसक्छ ।
सामान्य रुपमा दूध पिउदा फाइदा हुन्छ भन्ने सबैलाई थाहा हुन्छ तर यसको फाइदा के भन्ने बिषयमा भने मानिस अन्यौलमै हुन्छन् । दूध स्वास्थ्यका लागि फाइदाजनक भए पनि सहि तरिकाले दूध पिउनुलाई अझ बढि प्रभावकारी मानिन्छ ।
समयाअनुकुल दूध पिउदा त्यसले बढि फाइदा दिन्छ । आयुर्वेदमा दूधको गुणस्तरलाई धेरै महत्वपूर्ण मानिन्छ । त्यसैले दूध पिउदा समयअनुकुल हुनुपर्छ । बिहान र बेलुकी पिउने दूधमा फरक फरक फाइदा हुन्छ । अनुसन्धानमा गाईको दूध पिउनु राम्रो र स्वस्थ मानिन्छ । झाडा पखालाको समस्या भएका मानिसका लागि बाख्राको दूध फाइदाजकम मानिछ । त्यसको साथै निन्द्रा कम लाग्ने तथा कब्जियत भएका मानिसलाई भैसीको दूध पिउदा फाइदा हुन्छ ।
कुन समयमा दूध पिउदा हुन्छ फाइदा ?
चिकित्सका अनुसार बिहान १० बजेभित्र दूध पिउदा यसले एक कामोत्तेजक एजेन्टको रुपमा काम गर्छ । त्यस्तै दिनमा दूध पिउदा यसले पित्त र कफलाई कम गर्छ । जसलाई कफ तथा पित्तको समस्या छ । उनीहरुले दिउँसोको समयममा दू्ध पिउनु लाभदायिक मानिन्छ । रातको समयमा दूध पिउनु पूर्ण मानिन्छ । जसलाई निन्द्रको समस्या छ उनीहरुले रातिको समयमा दूध पिउदा यसको निदान हुन्छ । दूधले राम्रो निन्द्रा दिन मद्त गर्छ ।
दूध पिउनुका फाइदाहरु :
दूध क्याल्सियमले भरिपूर्ण हुन्छ । जसले हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । यसमा हुने भिटामिन ए, के र बी थाइमिन, निकोटिनिक एसिड, फास्फेरस, सोडियम र पोटासियम जस्ता भिटामिन तथा मिनरल्स हुन्छ । जसले मांसपेशी तथा हड्डीलाई बलियो बनाउँनका साथै दातँको दुखाई कम गर्न मद्त गर्छ । यसल शरीरमा शक्ति बढाउने गर्छ । यसले शरीरका अंगलाई बलियो तथा स्वस्थ राख्छ ।
निष्कर्ष
दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।
(लेखक भागेश्वर गाउपालिका डडेल्धुराका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ)