उणिकोट मा.बी.का विद्यार्थिलाई वडा नं.२ को तर्फ बाट विभिन्न सहयोग दिईने

डडेल्धुरा-जिल्लाको आलिताल गाउँपालिका वडा नं.२ ले विद्यार्थिहरु लाई प्रोत्साहनको कार्यक्रम अगाढी बढाएको छ ।
गत वर्ष बाट प्लस टु अध्यापन सुरु भएको उणिकोट माध्यामिक विद्यालय आलिताल २ मा यस वर्षबाट कक्षा ११ मा भर्ना भई नियमित रुपमा विद्यालय आई अध्ययन गर्ने विद्यार्थिहरु लाई आलिताल गाउँपालिका वडा नं.२ को तर्फ बाट प्रोत्साहन स्वरुप २ जोडा विद्यालय पोशाक, किताव, कापी तथा स्कुल व्यागहरु प्रदान गर्न लागेको हो ।

आर्थिक रुपमा वलियो भएका परिवारका सदश्यहरु उच्च अध्ययनको लागी बाहिर जाने भए पनि निम्न आयस्तर भएकाहरुका लागी स्थानिय स्तरमा नै अध्ययन गर्न सहज होस भनि गत वर्ष वाट वडा नं. २ को उणिकोट माध्यामिक विद्यालय मा प्लस टु अध्यापन सुरु गरिएको हो ।

नियमित अध्ययन गर्न आउने विद्यार्थिहरुको मनोवल उच्च राख्नको लागी वडाको तर्फ बाट सहयोग गरिने र यस वर्ष बाट यो कार्यक्रम सुरु भई आफ्नो कार्यकाल सम्म निरन्तर रुपमा संञ्चालन हुने आलिताल गाउँपालिका वडा नं.२ का अध्यक्ष एबं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद बहादुर मल्लले बताउनु भयो ।

विद्यालयमा अध्ययनका लागी आउने विद्यार्थिहरु लाई भर्ना शुल्क, मासिक शुल्क र अतिरिक्त शुल्कहरु कुनै पनि नलाग्ने र विद्यार्थिहरु पूर्ण रुपमा निशुल्क अध्ययन गर्न पाउने वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद वहादुर मल्लले बताउनु भयो ।

You might also like