शैक्षिक गुणस्तर सुधारका लागी विषयगत विज्ञ परिचालन गर्दै आलिताल

डडेल्धुरा-डडेल्धुराको आलिताल गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागी विषयगत विज्ञ समुह गठन गरि परिचालन सुरु गरेको छ ।
शैक्षिक गुणस्तर सुधारका लागी विष्यगत शिक्षकहरु लाई सहयोग पुगाउने उद्देश्यका साथ गाउँपालिका शिक्षा शाखा प्रमुख देवराज पन्तको संयोजकत्वमा आलिताल गाउँपालिका भित्र रहेका दुर्गा मा.बी., स्यालचौडी मा.बी.कृष्ण कालीका मा.बी. र उणिकोट मा.बी.का शिक्षकहरु सम्मिलत सात सदश्यिय विज्ञ समुह गठन गरिएको हो ।

शैक्षिक गुणस्तर सुधार गर्न र विषयगत शिक्षकहरु लाई आई पर्ने समस्याहरुको तत्कालिन र दिर्घकालिन समाधानका लागी विज्ञ समुह गठन तथा परिचालन गरिएको र यो काम लाई अझ सस्थागत होस भन्नका लागी पहिलो चरणमा वडा स्तरीय विद्यालय अनुगम समिति तथा वडा स्तरीय विषयगत विज्ञ समुह पनि गठन गरिएको आलिताल गाउँपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहराले बताउनु भयो । जम्मा ८ वटा वडा रहेको आलितालको ५ वटा वडामा वडा स्तरीय विद्यालय अनुगम समिति तथा वडा स्तरीय विषयगत विज्ञ समुह गठन गरिएको र वडा नं.४, ५ र ७ मा गठन हुने तयारी रहेको उपाध्यक्ष मैना कुमारी रावल बोहराले बताउनु भयो ।

विज्ञ समुहले गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा प्राविधिक सहयोग गर्ने र पर्याप्त जनशक्ति तथा विषयगत शिक्षकहरुको उपलब्धता नभएको अवस्थामा विषयगत शिक्षकहरु लाई अध्यापनको क्रममा हुन आउने असहजता हटाउन प्रत्यक्ष भेटेर वा विभिन्न सामाजिक संञ्जालमा समुह निर्माण गरी तत्काल समाधानको प्रयास गरिने गाउँपालिका उपाध्यक्षले बताउनुभयो ।

भर्खरै गठन भएको टोलीमा नेपाली विषयकालागी हेमराज अवस्थि, गणित विषयकालागी देवेन्द्र जोशी, विज्ञान विषयकालागी विरु उदय सिँह विष्ट, सामाजिक विषयका लागी मान सिँह साउद , अग्रेजी विषयका लागी ईन्द्र बहादुर साँउद र स्थानिय विषयकालागी मान बहादुर राउत विज्ञका रुपमा समावेश रहेका छन्

You might also like
Leave A Reply

Your email address will not be published.