डडेल्धुरा को उणिकोट माबी का १ सय १५ विद्यार्थीलाई छात्रवृत्ति

डडेल्धुरा – आलिताल गाउँपालिकाको उणिकोट विद्यालयले आज एक कार्यक्रमका बिच बिधालयका १ सय १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

विद्यालयको नाममा खोलिएको अक्षयकोषमा रहेको रकमको ब्याजबाट आएको रकमले छात्रवृत्ति प्रदान गरिएको हो ।

युवा निर्माण ब्यबसायी प्रकाश सेटीले स्वर्गीय बुवा मदन सेटीको सम्झनामा १५ लाख विद्यालयको नाममा अक्षयकोष स्थापना गरिदिएका थिए भने विद्यालयलाई वडा कार्यालयले पनि ५ लाखको अक्षयकोषमा सहयोग गरेको थियो । उक्त २० लाखबाट आएको ब्याजले विद्यार्थीलाई छात्रवृत्ति दिइएको प्रधानाध्यपक मदन सिंह साउदले बताए ।

विद्यालयले एसइइमा प्रथम हुने विद्यार्थीलाई ५ हजार नगद राशी संगै प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो भने द्वितीय हुने विद्यार्थीलाई ४ हजार नगद साथै प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो तेस्तै तृतिय विद्यार्थीलाई ३ हजार नगद दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयले जेहेन्दार र विपन्न वर्गका २५ जना विद्यार्थीलाई नगद १ हजार ५ सयका दरले प्रदान गरिएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष प्रमोद मल्लले बताए ।

समाजसेवी सेटीले स्थापना गरेको अक्षयकोषको ब्याजबाट आएको रकमले शिक्षक ब्यवस्थापनमा समेत सहयोग भइरहेको मल्लले बताए ।

तेस्तै विद्यालयले पालिकाबाट प्राप्त रकमबाट थप ८७ जना विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गरिने अध्यक्ष मल्लले जानकारी दिए । विद्यालयले आयोजना गरेको औपचारिक कार्यक्रममा पालिका उपाध्यक्ष मैना कुमारी रावल ,शिक्षा शाखा प्रमुख देवराज पन्त,कार्यपालिका सदस्य,विभिन्न विद्यालयका बिषय विषशज्ञ शिक्षक ,पत्रकार, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.