पदम जोरा
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिकाले वर्षौ देखी छाडा पशु चौपाया व्यवस्थापन गर्न सकेको छैन । छाडा पशु चौपाया व्यवस्थापन गर्न नगर कार्यपालिका वाट वजेट विनियोजन गरि परशुराम ५ परिगाँउ स्थित परशुराम धाममा गौसाला निर्माण गरिएको भए पनि हाल सम्म छाडा पशुचौपाया व्यवस्थापन गर्न सकेको छैन ।
गौशाला निर्माण भए पनि हाल सम्म गौसाला प्रयोग विहिन छ भने छाडा पशु, चौपायाहरुले परशुरामको वडा नं. ४,९,१० र १२ को गाउँ, बस्तीका अन्न, वाली, तरकारी ,धानको विउ खाई नष्ट गर्दै आएकाछन ।
आईतवार वडा न १२ का स्थानीयहरुले गाउँ, बस्तीमा भेटीएका छाडा पशुहरुको बथान बटुलेर वडा नं. १२ को कार्यालय घेराउ गरे भने, सोमवार नगर–प्रमुख भरत वडायर जोशी समक्ष उक्त समस्या समाधान गरि दिन हार–गुहार गरे ।
नगर–प्रमुख जोशीले भने । ‘नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनमा निकै सम्वेदनशिल छ, पशु सेवा शाखा मार्फत तत्काल नगरपालिकाले ट्याग लगाइएका प्रत्येक पशुहरुको तथ्याङ्क संकलन गरि नियमन प्रकृया अगाडी वढाउछं नगर भन्दा बाहिर वाट आएका विना ट्याग लागेका पशु चौपायालाई छिट्टै गौसालामा व्यवस्थापन र्गछौं ’
परशुराम नगरपालिका वडा नं. ४ र १२ ले नगर र नगर वाहिर वाट भित्रीएका पशु चौपायाको व्यवस्थापन लाई तिब्रता दिएको छ ।
वडा नं. १२ का अध्यक्ष महाबिर कामीका अनुसार वडा नं. १२ का जो कोही पशु धनीको गोरु छाडा रुपमा भेटीए वडावाट प्रदान गरिने हरेक सेवा ,सुविधा र सिफारिसमा रोक लगाउने निर्णय गरेको छ ।
त्यसै गरि वडा नं. ४ का अध्यक्ष बिश्राम बोहराले पनि पहिले हामी हरेक पशुधनीका पशुहरुको ट्याग लागेको एकिन गर्छाै त्यस पछि कानुनी प्रकृया अगाडी वढाउछौं ।
स्थानीय नागरिकहरुको माग जायज छन, स्थानीय सरकारलाई नभनि कसलाई भन्ने अहिले नभनि कहिले भन्ने, यहाँ नभनी कँहा भन्ने , वर्ष दिनका लागि रोपेको धानको विउ , तरकारी, करेसावारी खाई दिदा स्थानीय आक्रोसित हुनु स्वाभाविक रहेको उहाँहरुको भनाई छ ।
समयमा ध्यान पुगेन जग्गा मिलेन, परशुराम धाममा गौसाला निर्माण भयो, पशु, चौपायाहरु वडा नं. १२, ९, १० र ४ मा छाडा भेटीन्छन ।
समयमै पशु चौपाया व्यवस्थापन गर्न नसके भोलीका दिनमा अझै कठिन अवस्था आउने स्थानीय रास्वपा परशुराम नगरपालिका संयोजक लालवहादुर थापाको भनाई छ ।
परशुराम १२ मा झण्डै २० पशु अटाउने अस्थायी खोर छ, यहाँ सायौंको संख्यामा छाडा पशु, चौपायाछन जिम्मेवारीमा रहेकाहरुले समयमै सोच्नु पर्ने वेला आएको थापाको भनाई छ ।
गौशाला परशुराम धाममा पुगाउन , हेरचाह गर्न, पानी आहाराको पनि समस्या रहेकाले यस विषयमा सोच्नु जरुरी रहेको समेत थापाको सुझाव छ ।
आम नागरिकमा गोरु जोत्ने वेला सम्म पाल्ने आहारा दिने, त्यस पछि छोडिदिने, गाई दुध दिन्जेल सम्म कुडो, पराल, घास खुवाई पाल्ने र त्यसपछि छोडिदिने परिपाटी मौलाउदै जादा छाडा पशु चौपाया देशव्यापी रुपमा ठूलो समस्याको विषय बन्दै गएको छ ।