कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा सर्वपक्षिय अनुगमन सम्पन्न

डडेल्धुरा-कृषि ज्ञान केन्द्र डडेल्धुरा को आयोजनामा डडेल्धुराका केही पकेट क्षेत्र तथा कृषि फर्महरुमा सर्वपक्षिय अनुगम सम्पन्न भएको छ । ।

कृषि ज्ञान केन्द्रको नेतृत्वमा आलु सुपर जोन, लिवर्ड, एकिकृत विकास समाजको सहयोगमा अमरगढी नगरपालिका वडा नं.५ सेलागाउँ मा संञ्चालन भइरहेको जलवायू मैत्री नमुना कृषि गाउँ कार्यक्रमका साथै जिल्ला स्थित अन्य कृषि फर्महरुको अनुगमन गरिएको हो ।

अनुगमन कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदश्य सरस्वती खड्का, जिल्ला समन्वय समिति प्रमुख गगन सिँ भण्डारी, प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने लगायत सुरक्षा निकायका प्रमुख , मुख्य राजनैतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी र अन्य सरकारी निकायका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

अनुगमनका क्रममा करिव एक दशक देखी बाझो छोडिएको बारीमा जलवायूमैत्री तरकारी खेती गर्दाको चुनौती र अवसरहरुको बारेमा किसान र सरोकारवाला विच अनुभव आदान प्रदान गरिएको थियो ।

नमुनको रुपमा संञ्चालन गरिएको जलवायू मैत्री नमुना गाउँमा गरिएका राम्रो प्रयास हरु अन्यत्र पनि सिकाइको रुपमा फैलियोस भन्ने उद्देश्यका साथ सरोकारवालाहरुको अनुगम भ्रमणको आयोजना गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले बताउनु भयो ।

सर्वपक्षिय अनुगमन टोलीले अमरगढी नगरपालिकाको वडा नं.३ , ५ र ८ का कृषि समुह तथा फर्महरुमा अनुगमन गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.