परशुराम नगरपालिका टीमलाई द्वीजगंगा मेमोरियल टी–२० प्रतियोगिताको उपाधी

झिल्को न्युज डटकम टीम उपविजेता

डडेल्धुरा–मंगलबार सम्पन्न फाइनल खेलमा झिल्को न्युज डटकमको टीमलाई ५ रनको अन्तरले हराउँदै परशुराम नगरपालिका टिमले दोश्रो सस्करणको द्वीजगंगा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिताको उपाधी चुमेको छ ।

डडेल्धुराको रामलिला मैदानमा जेठ २ गतेबाट सुरु भएको दोस्रो सस्करणको द्वीजगंगा मेमोरियल टी–२० प्रतियोगिताको फाइनल खेलमा टस जितेर परशुराम नगरपालिका टीमले ब्याटिङ्ग गर्दै १३४ रन बनाएको थियो । प्रतिउत्तरमा झिल्को न्युजडटकम टीमले १३० रन जोडेर उपविजेतामा सिमित बनेको हो ।

बिजेता परशुराम नगरपालिका टीमले नगद ७५ हजार प्रमाणपत्र र ट्रफी हात पारेको छ भने उपबिजेता भल्किो न्युज डटकम टिमले नगद ५० हजार प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगितामा बेस्ट बलर परशुराम नगरपालिका टीमका आयुश साउँद, बेस्ट ब्याट्स म्यान परशुराम नगरपलिका टीमकै आयुष्मान शाही भएका छन भने झिल्को न्युज डटकम टीमका कृष्ण भट्ट म्यान अफ दि सिरिज भएका छन ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेब जोशी, डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेती लगायतका अतिथीहरुले बिजेता तथा उपबिजेता टीमलाई पुरस्कार प्रदान गरेका छन ।

डडेल्धुरााका कुल १२ वटा टीमले प्रतिष्प्रर्धा गरेको प्रतियोगिताका विजयी खेलाडीहबाटै १९ वर्षमुनिको प्रदेशस्तरीय प्रतियोगिताको लागि जिल्लाको टिम पनि छनोट गरिने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि परशुराम नगरपालिका टीमले जितेको थियो ।

You might also like