बझांगमा पोषण सप्ताह भव्यताका साथ मनाईयो

डडेल्धुरा -बझांगमा विविध कार्यक्रमका साथ विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाईएको छ ।

नेपाल सरकार, विश्व खाद्य कार्यक्रम, एकिकृत विकास समाज र स्थानियतह हरु मिलेर बैशाख १ गते देखी ७ गते सम्म पोषण सप्ताह मनाएको हो ।

पोषण सप्ताह अन्तर्गत विधिन्न विद्यालयहरुमा पोषणयुक्त खाद्य पदार्थको प्रदर्शनी, पोषण सम्बन्धि अभिमुखीकरण, जुकाको औषधी वितरण, विद्यालय परिसरमा सरसफाई, पोषण सम्बन्धि अतिरिक्त कृयाकलाप सम्पन्न गरिनुका साथै विद्यालयमा स्वास्थ्य र सरसफाईको अवस्थाको बारेमा समिक्षा गरिएको थियो ।

विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अन्तर्गत एकिकृत विकास समाजले बझांगका ४३२ वटा विद्यालयहरुमा सामान्य स्वास्थ्य परिक्षण गरिएको एकिकृत विकास समाजका जिल्ला कार्यक्रम संयोजक शुरेन्द्र जैरुले बताउनु भयो । उनका अनुसार सामान्य स्वास्थ्य परिक्षण अन्तर्गत विद्यार्थिको पोषणको अवस्था परिक्षणका साथै आँखा, कान र मुखको परिक्षण थियो ।

बझांग जिल्लामा विगत लामो समयदेखी विद्यालय स्वास्थ्य तथा पोषणको क्षेत्रमा एकिकृत विकास समाजले प्रभावकारी रुपमा काम गरिरहेको र कतिपय कामहरु मा स्थानियतहहरु पनि साझेदारी गरिरहेकोले आगामी दिनमा विद्यालयमा विद्यार्थिको स्वास्थ्य तथा पोषणमा मा मात्र सुधार नभई समग्र सिकाईमा पनि सुधार हुने विश्वास लिएको तलकोट गाउँपालिकाका अध्यक्ष कलक बहादुर रोकायाले बताउनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.