महिला लाई बाख्रापालन मार्फत आय आर्जनमा जोड्दै भागेश्वर गाँउपालिका

पदम जोरा
डडेल्धुरा-डडेल्धुराको भागेश्वर गाउँपालिकाले महिला लाई विशेष प्राथमिकता दिदै बाख्रापालन मार्फत आय आर्जजनमा जोडी रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को शर्सत कुल वजेट १६ लाख ८८ हजार ७ सय ४९ रुपैया ५० पैसा रहेकोमा वोलपत्र आह्वान गरि कवोल अंक १६ लाख ५० हजार वजेटमा भागेश्वरको वडा नंं. २,४ र ५ मा बाख्रापालन आय आर्जन कार्यक्रम सञ्चालनमा रहेको छ ।

वाख्रापालन कार्यक्रम वाट प्रतक्ष रुपमा ७५ जना लाभान्वित रहेकोमा अप्रतक्ष्य रुपमा धेरैले लाभ लिने गाउँपालिकाले जनाएको छ । १८ जना सुनौला हजार दिनका महिला ३२ विपन्न महिला, १६ अति गरिब महिला र ९ जना एकल महिला लाई आय आर्जन तर्फ जोडिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भारतीले जानकारी दिनु भएको छ ।

पालिकामा सञ्चालित बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत सुनौला हजार दिनका महिला, अति गरिब र विपन्न समुदायका महिला समुह÷सहकारीहरुलाई वाख्रापालन कार्यक्रम आयआर्जन तर्फ जोडिरहेका हो । वर्सेनी संघिय, प्रदेश र पालिकाको वजेट वाट आधुनिक र महिलाहरुको रोजाई अनुसारका लक्षित कार्यक्रम मार्फत महिलालाई आय आर्जनमा जोड्न लागेको गाउँपालिका अध्यक्ष हेमराज चटौले वताए ।

हरेक आर्थिक वर्षमा गाउँ,टोल बस्तीवाट योजना छनौट गर्दा महिला, दलित, जनजाति र विपन्न परिवार लक्षित वजेट लाई प्राथमिकता दिने गरेको गाउँपालिका अध्यक्ष चटौतको भनाई छ ।

आर्थिक वर्ष २०८०/०८१ मा पनि पालिकाको ५ वटै वडामा बिभिन्न खाले महिलाहरुको मागमा आधारित लक्षित कार्यक्रम केही सुचारु रहेको र केही सम्पन्न भई सकेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीको भनाई छ ।
विशेस गरि पुरुषहरुको तुलनामा महिलाहरु हरेक विकास निर्माण योजना र लक्षित कार्यक्रममा निकै जिम्मेवारीका साथ गर्ने गरेको अनुगमनका दौरानमा पाइएको उहाँको भनाई छ ।
पालिकाको दुर्गम बस्तीमा विपन्न महिला समुहहरु लाई आय आर्जन गर्ने उद्धेश्यले संचालित बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर सामान्य हेरचाह र पालन पोषणवाट गर्न सकिने भएकोले यो निकै प्रभावकारी रहेको भारतीको भनाई छ ।

गाउँपालिकाले वाख्रापालन, आय आर्जन गर्ने ति महिला समुह,सहकारीहरुले उतपदन गरेको वाख्रा पालन व्यवसायमा विशेस टेवा समेत दिने भएको छ । हामी औषधि उपचार, लगायतमा गरीव, विपन्न महिला किसान मजदुरका लागि राहत दिन्छौ उहाँले वताए ।

You might also like
Leave A Reply

Your email address will not be published.