एमाले परशुरामको अधिवेशन सरगर्मि वढ्योः सदस्यता नविकरण सुरु

पदम जोरा
जोगबुडा-नेपाल कम्युनिस्ट पार्टी एमाले परशुरामको दोस्रो नगर अधिवेशनको सरगर्मि बढेको छ । केन्द्र र जिल्लाको सर्कुलर अनुसार जेठ १९ गते दोस्रो नगर अधिवेशन हुने नगर अध्यक्ष ओमप्रकाश जोशीले वताए ।

सबै वडाका प्रतिनिधिहरुले नगर अध्यक्ष चुन्नु पर्ने पार्टीको विधान अनुसार अहिले बाह्रै वडामा प्रतिनिधि छनौट र सदस्यता नविकरण सुरु भइ रहेको अध्यक्ष जोशीले वताए ।

निर्वाचन कार्यबिधि अनुसार अहिले एमाले परशुरामले सकृयता बढाएको हो १० जना सङ्गठित सदस्य बरावर २ जना प्रतिनिधि रहने व्यवस्था विधानमा छ ,सोहि अनुसार छनौट हुने उहाले थपे । एमाले परशुरामको प्रथम अधिवेशन २०७८ कार्तिक १५ गते सम्पन्न भएको थियो ।

यहि जेठ १९ गते हुने दोस्रो नगर अधिवेशनमा एमालेका नेता कार्यकर्ता उत्साहित देखिएका छन ।
अध्यक्षका लागि कोही व्यक्तिको नामहरु सार्वजनिक भएको छैन, सर्वसम्मत तवर वाट सक्षम र सबल नेतृत्व दोस्रो कार्यकालमा चुनिने जोसीको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.