म गायिका बन्न चाहन्छु, सहयोग गरिदिनुहोसः रन्जना सिजापती

सानै देखी गायिका बन्ने रहर पालेकी अमरगढी नगरपालिका वडा नं.५ डडेल्धुराकी रन्जना सिजापतीले सहयोगको लागी अनुरोध गरेकि छिन ।

स्थानिय स्तरमा गायन सिक्ने थलो नभए पनि आफ्नै प्रयास तथा युट्यूव हेर्दै गायनको अभ्यास गरिरहेकी रन्जना गायनमा थप केही सिक्नका साथै गित रेकर्ड गर्न चाहन्छिन ।

स्थानिय स्तरमा हुने विभिन्न मेला महोत्सव तथा सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती देखाई सकेकी रन्जना गायनमा सम्भावना बोकेको नवकलाकार भएको डडेल्धुरा स्थित आफ्नो एफ.एम.का स्टेशन म्यानेजर सागर ताम्राकार बताउछन ।

गित रेकर्डिङ को लागि काठमाडौ जाने तयारी गरिरहेको उनिलाई काठमाडौ बसाइ, यातायात लगायतमा खर्च हुने र रन्जनाको घरायसी अवस्था कम्जोर भएको कारण उनको लागी थोरै भए पनि आर्थिक सहयोग गरी उनको गायक बन्ने सपना पुरा गर्न आर्थिक सहयोग अभियान सुरु गरेको आफ्नो एफ.एम.का स्टेशन म्यानेजर सागर ताम्राकारले बताए ।

सहयोग का लागि –
नाम: मनोज सुनार
A/C no – 16301007079479000001
mobile banking -9866507707
नेपाल बैंक लिमिटेड
सबैजना ले साहेता गर्दिनु होला धन्यवाद
थप जानकारी का लागि 9869566224
You might also like