डडेल्धुरामा दोश्रो संस्करणको द्धिजगंगा क्रिकेट प्रतियोगिता सुरु

 

डडेल्धुरा जिल्ला क्रिकेट संघ डडेल्धुराको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

अमरगढी नगरपालिका वडा नं.३ को रामलिला मैदानमा सुरु भएको प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशसभाका सदश्य डा.तारा जोशीले उद्घाटन गर्नु भएको हो ।
लिगको आधारमा मा खेलाईने प्रतियोगिता फाईनल खेल यही जेठ ८ गते सम्पन्न हुनेछ भने यसै प्रतियोगिता बाट अन्डर १९ को प्रदेश स्तरीय प्रतियोगिताको लागी जिल्लाको टिम पनि छनौट गरिने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावल ले बताउनु भयो ।

विजेतालाई नगद रु ७५ हजार , मेडल र प्रमाणपत्र र उपविजेता लाई नगद रु ५० हजार ,मेडल र प्रमाणपत्र का साथै प्रत्येक गेमको म्यान अफ दि म्याच लाई नगद रु १ हजार र ट्रफि का साथै बेस्ट बलर लाई ५ हजार,ट्रफि र प्रमाणपत्र, बेस्ट ब्याट्सम्यान लाई ५ हजार, ट्रफि र प्रमाणपत्र, म्यान अफ दि सिरिज लाई नगद रु १० हजार ,ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रमका प्रमुख अतिथि डा. तारा जोशीले अभावै अभावमा क्रिकेट प्रतियोगिता सं१चालन गरेकोमा डडेल्धुरा जिल्ला क्रिकेट संघ लाई धन्यवाद दिदै खेल मैदानको लागी आफ्नो तर्फ बाट पहल गरिरहेको र यसको नतिजा चाडै नै देख्न पाईने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पछिल्लो समय क्रिकेटले नेपालको नाम विश्व सामु उचो बनाईरहेको र नेपाली क्रिकेटले सफलता हासिल गरिरहेको भए पनि डडेल्धुराको धेरै जसो स्थानिय सरकारहरुले क्रिकेट लाई नबुझिरहेको डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि प्रसाद उप्रेतीले गुनासो गर्नुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.