विपद् पूर्व तयारी गर्दै परशुराम नगरपालिका

पदम जोरा
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिकाले भई परि आउने हरेक विपद् संग सामना गर्न पुर्व तयारी थालेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन शाखा अन्तर्गएत पुर्व तयारी, जोखीम न्यूनीकरणका अभ्यास, राहत तथा उद्वार सामग्री, उद्वारकर्ता स्वयमसेवकलाई तालिम सहितका कार्यमा तिब्रता दिएको नगरपालिकाले जनाएको छ ।

महाभारत र चुरे पहाडी भु–भाग अन्तरगत बेसी अर्थात तराई फाँटमा मानवबस्ती र खेतीयोग्य जमिन रहेको नगरपालिकाको संरचना अन्तरगत यहाँ उच्च जोखिम देखीने भएकाले भई परि आउने विपद् जोखिम न्यूनीकरणका लागि प्रयास थालेको नगर–प्रमुख भरत वडायर जोशीले वताउनु भएको छ ।


मेयर जोशीका अनुसार वाढि, पहिरो, आगालागीको उच्च जोखीमा रहने नगरपालिकाको पहाडी र वेसी भुभागका नागरिक, वस्ती, खेतीयोग्य जमिन जोगाउनका लागि विपद व्यवस्थापन शाखा तथा बिभन्न गैर सरकारी संघ संस्थाहरुले साझेदारी गरि सचेतना र पुर्व तयारीका क्षेत्रमा काम गरिरहेका छौं ।

नगरपालिकाको विपद् व्यवस्थापन शाखा, एनएनएसडव्लुए कञ्चनपुर, निड्स नेपाल कञ्चनपुर, अक्फाम नेपाल, रुडुक र एमपिडिएस लगायतका संघ संस्थाहरुले यस क्षेत्रमा विपद रोकथाम नियन्त्रणमा महत्वपुर्ण भुमीका खेली रहेको शाखा प्रमुख हृदेश धामीले जानकारी दिए ।

धामीका अनुसार नगरपालिकाको बारुणयन्त्र सुचारु अवस्थामा छ , विपद् जेखिम न्यूनीकरण र राहत उद्वार सामग्रीहरु स्टोरेज छन , जसमा नगरपालिका र अन्य सरकारी गैर सकारी संघ संस्थाहरुवाट संकलित छ ।

परशुराम नगरपालिकाको वडा नं. २ र ६ २०६२/०६३को वाढि पिडित क्षेत्रका रुपमा रहेकाले समेत यो क्षेत्र उच्च जोखिमका रुपमा मानिए पनि नगरपालिकाका प्रायः सबै वडा विपदको जोखिममा रहेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.