डडेल्धुरा-डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं.१ स्थित भातकाडामा रहेको सरस्वती माध्यमीक विद्यालयले आज आफ्नो ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज भट्टको अध्यक्षतामा सम्पन्न भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभाका सदश्य डा. तारा प्रसाद जोशी हुनुहुन्थ्यो ।
कार्यक्रममा गन्यापधुरा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेठी देउवा विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलिप तामांग लगायत का अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा वक्ताहरुले शैक्षिक विकासका लागी सबै पक्षले सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय प्रसाद भट्टले शैक्षिक क्षेत्रको विकास को लागी विद्यालय मात्र नभएर अभिभावकहरुले पनि विशेष जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि एबं सुदूरप्रदेश प्रदेशसभा सदश्य डा. तारा जोशीले शिक्षा क्षेत्रको विकासका लागी आफु हरु लागी पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै उत्कृष्ठ विद्यार्थिहरु लाई सम्मान गरिएको थियो ।