डडेल्धुरा–आइतबार अपरान्ह डडेल्धुराका दुई किशोरीको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर
मृत्यु भएको हो ।
गाउँ नजिकैको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए । मृतकहरुको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइएको वडाध्यक्ष देउवाले बताए ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।