परशुराम नगरपालिकाको जोगबुडा अस्पतालमा बिशेषज्ञ स्वास्थ्य सिबिर सम्पन्न

पदम जोरा

जोगबुडा-परशुराम नगरपालिकाको जोगबुडा अस्पतालमा बिशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पिटल एण्ड रिर्सच सेन्टर धनगडी कैलालीको प्राबिधिक सहयोगमा बिशेषज्ञ निःशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको परशुराम नगरपालिकाकाले जानकारी दिएकोछ।

उक्त एक दिने निःशुल्क स्वास्थ्य सिबिरमा फिजिसियन जनरल मेडिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुती रोग, मानसिक रोग, जनरल सर्जरी तथा मुत्र रोग बिशेषज्ञ डाक्टरहरुको टोलीले विरामीहरुको चेक जाचँ गरेको जनाइएको ।

आलिताल, परशुराम र भागेश्वरका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्यनजर गरि बिशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य सिबिर आयोजना गरिएको नगरपालिकाको भनाई छ ।

उक्त १ दिने निःशुल्क स्वास्थ्य सिबीरमा, मुटु, प्रेसर, सुगर, ग्यास्ट्रिक, अल्सर, छाती, दम, कलेजो, कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, एमिनिया ,हाडजोर्नीको समस्या, भाचिएको, कुच्चीएको, मर्केको, बाङगोटिंगो हड्डीको उपचार, वाथरोग, युरिक एसिड, घुडा,काध, कम्मर, आदिको दुखाई अप्रेसन तथा उपचार, स्त्रीरोग बिशेसज्ञ डाक्टर द्वारा महिलाहरुको पाठेघर खस्ने, तल्लोपेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघरमा मासु पलाएको, डेलीभरी समस्याको उपचार गरिएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले जानकारी दिनु भएको छ ।

सिबीरमा मानसिक रोग सम्वन्धि समस्याको उपचार, हर्निया, हाईड्रोसिल, पत्थरी, पाईल्स, प्रोस्टेट र महिलाको स्तनमा गाठागुठी भएको समस्याको उपचार समेतको उपचार गरिएको हो ।

सिबीरमा करिब १ हजार जना सेवा ग्राहिहरुले स्वास्थ्य सेवा लिएको स्वास्थ्य साखा परशुरामका संयोजक तेज वहादुर सिहले जानकारी दिनु भएको छ। ।

परशुराम, आलिताल र भागेश्वरका नागरिकहरु स्वास्थ्य उपचारका लागि मित्रराष्ट्र, भारतका शहर र बाह्यि जिल्ला जाने गर्दछन यसरी स्थानीय सरकारले पटक–पटक स्वास्थ्य सिबिर आयोजना गर्ने गरेमा नगारिकलाई सहज हुने स्थानीय हरि प्रशाद भट्टको भनाई छ ।

You might also like
Leave A Reply

Your email address will not be published.