अमरगढी ५ का किसान लाई कृषी सामाग्री हस्तान्तरण

डडेल्धुरा-अमरगढी नगरपलिका वडा न ५ का किसान हरु लाई आज एक कार्यक्रम का बिच कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको नेतृत्वमा अमरगढी नगरपालिका वडा नंं.५ सेलागाउँमा संञ्चालन भईरहेको जलबायुमैत्री नमुना गाउँ कार्यक्रम अन्तर्गत लिवर्डको तर्फ बाट कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण गर्ने कार्यक्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख प्रमुख खेम राज पनेरु, अमरगढी नगरपालिका वडा नं.५ का अध्यक्ष टंक बहादुर क्षेत्रीले अशिग्राम कृषि तथा पशुपालन समूह का २५ जना किशानहरु लाई कृषि सामाग्री हरु हस्तान्तरण गर्नुभएकोहो ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.५को सेलागाउँमा संञ्चालन भईरहेको जलबायुमैत्री नमुना गाउँ कार्यक्रम लाई कृषि ज्ञान केन्द्र डडेल्धुरा, प्रधानमन्त्रि कृषि आधुकिकिकरण परियोजना, लिवर्ड र एकिकृत विकास समाजले सहयोग गरिरहेको छ ।

You might also like