भगवान परशुरामको जन्मोत्सव मनाईदै

पदम जोरा

जोगबुडा-अक्षय तृतिया अर्थात भगवान परशुरामको जन्मोत्सव यही बैसाख २८ गते मनाईने भएको छ ।
परशुराम नगरपालिका वडा।न ५ स्थित परशुराधाममा अवस्थित परशुराम भगवानको जन्मोत्सवको अवसरमा परशुराम जयन्ती मनाईने भएको हो ।

हरेक वर्ष झै यस वर्ष पनि अखण्ड रामायण, पुजा पाठ र हवन सहित परशुराम जयन्ती मनाईने परशुराम क्षेत्र बिकास समितिले जनाएको छ । हरेक वर्ष अक्षय तृतियाको अवसरमा परशुराम जन्मोत्सवको अवसरमा बिभिन्न धार्मीक कार्य हुने गरेको उहाँले जानकारी दिए । परशुराम नगरपालिका र क्षेत्र बिकास समितिले परशुराम जयन्ती,अखण्ड रामायण वाचन सहितको धार्मिक कार्यमा सहभागीताका लागि भक्तजनहरुमा आमन्त्रण गरेको छ ।

परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीका अनुसार परशुराम धाम यस क्षेत्रको महत्वर्पुण धार्मीक र ऐतिहासिक क्षेत्र भएकाले उक्त क्षेत्रको प्रचार–प्रसार, भौतिक संरचना निर्माणमा नगरपालिका बिशेस तवरवाट लागि परेको छ मेयर जोशीको भनाई छ ।

You might also like
Leave A Reply

Your email address will not be published.