पदम जोरा
जोगबुडा परशुराम नगरपालिकाको जोगबुडा अस्पतालमा यही बैसाख २९ गते शनिवारका दिन बिशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिबिर आयोजना हुने भएको छ ।
परशुराम नगरपालिकाको आयोजना र निर्सग हस्पीटल एण्ड रिर्सच सेन्टर धनगडी कैलालीको प्राबिधिक सहयोगमा बिशेषज्ञ निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन हुने नगरपालिको जनाएको छ ।
परशुराम १२ स्थित जोगबुडा अस्पतालमा सञ्चालन हुने १ दिने स्वास्थ्य सिबिरमा फिजिसियन जनरल मेडिसियन, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुती रोग, मानसिक रोग, जनरल सर्जरी तथा मुत्र रोग बिशेषज्ञ डाक्टरहरुको टोली सिबिरमा आउने सूचनामा उल्लेख छ ।
बिशेस गरि आलिताल र परशुरामका नागरिकको स्वास्थ्य सुरक्षा र समस्यालाई मध्येनजर गरि निःशुल्क बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सिबिर आयोजना गरिएको नगर–प्रमुख भरत वडायर जोशीले वताए ।
उक्त १ दिने निःशुल्क स्वास्थ्य सिबीरमा, मुटु, प्रेसर, सुगर, ग्यास्ट्रिक, अल्सर, छाती, दम, कलेजो, कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, एमिनिया ,हाडजोर्नीको समस्या, भाचिएको, कुच्चीएको, मर्केको, बाङगोटिंगो हड्डीको उपचार, वाथरोग, युरिक एसिड, घुँडा,काध, कम्मर, आदिको दुखाई अप्रेसन तथा उपचार, स्त्रीरोग बिशेसज्ञ डाक्टर द्वारा महिलाहरुको पाठेघर खस्ने, तल्लोपेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघरमा मासु पलाएको, डेलीभरी समस्याको उपचार तथा परमर्ष सेवा दिईने जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले वताए ।
सिबीरमा मानसिक रोग सम्वन्धि समस्याको उपचार, हर्निया, हाईड्रोसिल, पत्थरी, पाईल्स, प्रोस्टेट र महिलाको स्तनमा गाठागुठी भएको समस्याको उपचार समेत गरिने भएको छ । वेला–वेला नगरपालिकाल आखा, दन्त सहितका निशुल्क स्वास्थ्य शिबिर आयोजना गरि आम नागरिकलाई सेवा दिई रहेको प्रति आम नागरिकमा खुसी छन् भने यहाँका नागरिकहरु स्वास्थ्य उपचारका लागि मित्रराष्ट्र, भारतका शहर र जिल्ला बाहिर जाने गर्दछन ।