रुहाना वगर
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिकाका आदिवासि, जनजाति, दलित र महिला जनप्रतिनिधिलाई नेतृत्व बिकास सम्वन्धि ३ दिने तालिम दिइएको छ ।
परशुराम नगरपालिकाको आयोजनामा आदिवासी,जनजाति,महिला र दलित जनप्रतिनिधीहरुलाई तालिम दिइएको हो ।
गाउँ, वस्ती र समुदायमा आउने हरेक समस्या, मेलमिलाप, छलफल र सामाजिक क्षेत्रको सहजिकरणमा जनप्रतिनिधीको मुख्य जिम्मेवारी रहने हुदाँ समसामयिक विषयमा जानकारी गराउन उहाँहरुलाई तालिम दिइएको नगरपालिकाले जनाएको छ ।
तालिम बैसाख २४ गते देखी २६ गते सम्म सञ्चालन भएको हो । तालिमको सहजिकरण अधिबक्ता देउवा र गणेश कठायतले गर्नु भएको थियो । तालिममा परशुराम नगरपालिकाका १२ वटै वडाका दलित,महिला,आदिवासी र जनजाती जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
व्यवस्था परिर्वतन संगै, हरेक राजनैतिक वा सामाजिक क्षेत्रमा नेतृत्व लिनका लागि क्षमता अभिबृद्व गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको परशुराम नगरपालिकाका कानुन अधिकृत गोबिन्दराज जोशीले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये विशेस गरि पहाडि जिल्लाका अधिकान्स स्थानीय तहका जनप्रतिनिधीहरु अध्यक्ष, सदस्य ,उपाध्यक्ष पदमा निर्वाचित भए पनि स्थानिय सरकार सञ्चालन ऐन २०७४ आ–आफ्नो क्षेत्राधिकारको वारेमा जानकारी दिन समेत तालिमको उदेश्य रहेको जोशीको भनाई छ ।
नगर–प्रमुख भरत वडायर जोशीको संयोजकत्वमा बिहिवार ३ दिने तालिमको समापन गरिएको छ ।
जनप्रतिनिधीलाई नेतृत्व विकास तालिम दिदा गाउँ,वस्ती र समुदायमा हरेक, विकास, निर्माण,योजनामा पारदर्सिता,गुणस्तरितामा टेवा पुग्ने देखिन्छ ।