डडेल्धुरा–डडेलधुराको अमरगढी किल्लाबाट सुरु भएको अन्तरास्ट्रिय स्तर को साइकल यात्रा सम्पन्न भएको छ ।
“पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा–२०८१ का साइकल यात्रीले पाँचौ दिन हिजो यात्रा सम्पन्न गरेका हुन
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटज विकास कार्यक्रम कार्यान्वयन इृकाईको प्रायोजनमा सि के रिचर्स एन्ड ग्रिनरी प्रोमोसन प्रा।लि। गोकर्णेश्वर काठमाडौको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ आयोजना गरिएको हो । डडेलधुराको अमरगढी किल्लाबाट २१ गते सुरु गरिएको साइकल यात्रा डोटी तथा डडेल्धुराका पर्यटकिय गन्तव्य घुम्दै सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय साइकल यात्रामा भारत तथा नेपालका विभिन्न स्थानका ३६ जना साइकल यात्री तथा व्यवस्थापनक गरी जम्मा ४५ जनाको सहभागीता रहेको थियो ।
पाँच दिनमा सम्पन्न भएको साइकल यात्राका सहभागीहरु लाई सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख डबल बहादुर बोहराले प्रमाणपत्र तथा माला लगाई विदाई गर्नुभएको थियो ।