पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकाले यही बैसाख २३ गते देखी ३० गते सम्म साताव्यापी अपाङ्गता परिचय–पत्र वितरण सिबिर सञ्चालन गर्ने भएको छ ।
अशक्त र अपाङ्गता भएकाहरुको समस्यालाई मध्यनजर गरि वडामा गई परिचय–पत्र दिईने परशुराम नगरपालिका महिला वालवालिका तथा जेष्ठनागरिक साखा प्रमुख बविता थापाले जानकारी दिनु भएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ मा शर्सत लक्षित कार्यक्रम अन्तरगत सिबिर आयोजना गर्न लागिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताए ।
नगरपालिकाका १२ वटै वडाका वस्तीमा उल्लेखीत वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिहरु रहेकाले स्थलगत रुपमा उहाँहरुलाई परिचय पत्र दिन लागिएको हो ।
उक्त सिबीर बैसाख २३ गते परशुराम नगरपालिका वडा नं. १ सलौन वाट सुरु हुने नगरपालिकाले जनाएको छ । सिबिरमा आफ्नो परिवारमा रहेका अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई ल्याउन नगरपालिकाले सार्वजनिक सुचना समेत जानकारी गरेको छ ।
सिबर ३० गते सम्म १ साता सम्म सञ्चालन हुने भएको छ , सिबीरमा न्यायिक समिति संयोजक तथा नगर–प्रमुख बिमला कुमारी बोहरा (महता) प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्ट, जोगबुडा अस्पतालका १ जना डाक्टर र महिला तथा वालवालिका शाखा प्रमुख , सम्वन्धित वडाका वडा अध्यक्षको सहभागिता रहने जनाइएको छ । साताव्यापी सिबीर बैसाख ३० गते परशुराम नगरपालिकामा छुटेकाहरुलाई सेवा दिई समापन हुने भएको हो ।