बझाङमा एमालेका भण्डारी विजयी

डडेल्धुरा-बैशाख १५ गते सम्पन्न उपनिर्वाचन अन्तर्गत बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–१ मा नेकपा (एमाले) का दमनबहादुर भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

भण्डारीले ११ हजार ६१२ मत पाउँदा सिंहले ११ हजार ३४६ मत ल्याएका छन्। नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८३१ प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंह २ हजार ५१४ मत पाए।

निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम भने सार्वजनिक गरिसकेको छैन। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

You might also like