ब्लड क्यान्सर संक्रमित ललित बचाउन अभियान

जोगबुडा–ब्लड क्यान्सर रोगबाट संक्रमित किशोर ललित बोहरालाई बचाउन भित्रिमधेस क्षेत्रका युवाहरुले आर्थिक सहयोग संकलन अभियान थालेका छन ।
हाल भुवनेश्वरी नमुना मावि परिगाउँमा ५ कक्षामा अध्ययनरत ललितलाई ब्लड क्यान्सरको संक्रमण देखिएपछि चितवनस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

परशुराम नगरपालिका–२ पोकना गाउँमा २०६२ को बाढी पहिरोमा घरवारविहीन भएकी र २०७२ मा पति गुमाएकी एकल महिला कलावतीदेवी बोहराले माइतीको साहरामा ललितलाई पढाउन थालेकी थिइन् ।

घरवारविहीन अबस्थामा पतिको मृत्युपछि दयनीय आर्थिक अबस्थाका कारण हाल परशुराम नगरपालिका–५ परिगाउँका दीपक कामीको घरमा बसोबास गर्दै ज्याला मजदुरी गरेर दुई छोरा पढाई रहेकी कलावतीका कान्छा छोरा ललित ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारमा कठिनाई भइरहेको छ ।

घरवारविहीन अबस्थामा रहेकी एकल महिला कलावतीले माईतीको साहरामा दुवै छोरालाई पढाइ रहेको अबस्थामा एकाएक ललितमा ब्लड क्यान्सरको संक्रमण देखिएपछि उपचारका लागि स्थानीय युवाहरुले आर्थिक सहयोग संकलन गर्न थालेका हुन ।

भित्रिमधेस क्षेत्रबाट रोजगारीका लागि बिभिन्न देशमा पुगेका युवाहरुकासाथै स्थानीय स्तरमा क्रियासिल युवाहरुले आर्थिक सहयोग संकलन गरेर ललितको उपचार खर्च जुटाई रहेका छन । युवाहरुको आह्वानमा धमाधम आर्थिक सहयोग संकलन भइरहेको छ ।

ललितकी आमा कलावती देवी बोहराको नाममा मेघा बैंक जोगबुडामा रहेको खाता नम्बर ०३१००५७७०५३६६ र मामा भरत साँउदको नाममा नेपाल बैंक लिमिटेड जोगबुडास्थित खाता नम्बर २४४०१००६९५९२५०० ००००१ मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ ।

बेसहरा ललितलाई बचाउन सक्दो सहयोग गरिदिन स्थानीय युवाहरुले सबैमा अपील गरेका छन । देश विदेशमा रहेका सो क्षेत्रका युवाहरुले आर्थिक सहयोगका लागि अभियान चलाई रहेको र अभियानका क्रममा संकलित रकम पीडितको उपचारमा सहयोग भइरहेको हाल बैदेशिक रोजगारीको सिलसिलमा कुवेतमा रहेका परशुराम नगरपालिका–६ सिमलखेतका युवा सुधा भीम डाङीले जानकारी दिए ।

You might also like
Leave A Reply

Your email address will not be published.