डडेल्धुरा सदरमुकामका एग्रोभेटहरुको अनुगमन सम्पन्न

डडेल्धुरा-आज डडेल्धुरा जिल्ला सदरमुकाममा रहेका विभिन्न एग्रोभेट हरुमाको अनुगमन गरिएको छ ।
जिल्ला सदरमुकाम स्थित किर्तिपुर,बागबजार र बगरकोट रोडमा रहेका एग्रोभेटरुमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बताए ।

अनुगमनमा म्याद नाघेका बिषादी तथा औषधिहरु,प्रयोग गर्न नमिल्ने र प्रतिबन्धित बिषादी,एग्रोभेट सञ्चालकको नियमित करचुक्ता,सम्बन्धि निकायबाट सञ्चालन अनुमति लगायतको अनुगमन गरिएको निमित्त कार्यालय प्रमुख पनेरुले बताए ।

अनुगमनका क्रममा बगरकोट रोड स्थित पारस एग्रोभेटमा नियम बिपरित केही म्याद नाघिसकेका औषधि राखीएको पाइएको थियो भने सोही पसलमा अण्डा र कुखुराको आहारा (दाना) पनि भण्डारण गरि राखिएको पाइएको थियो।

बिषादी जस्तो मानव स्वास्थ्यका लागि संवेदनशील चिजसँग खाद्यबस्तु सँगै राख्न नमिल्ने र त्यस्ता चिज मानव स्वास्थ्यका लागि प्रतिकुल हुने हुँदा आगामी दिनमा त्यसो नगर्ने गरि पहिलोपटक सचेत गरिएको र म्याद नाघेका औसधिहरु संबंधित औसधि उत्पादक कम्पनी मा फिर्ता गर्ने गरि पहिलोपटक सचेत गरिएको पनेरुले बताए ।

सरकारले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने र प्रयोग गर्न नमिल्ने औषधिहरु बिक्रीवितरण भएन भएको,म्याद समाप्त भएका औषधि हरु बिक्रीवितरण भएन भएको,मापदण्ड अनुसारले औषधि भण्डारण तथा बिक्री वितरण भए नभएको लगायतका बिषयमा बजार अनुगमन गर्ने गरेको छ ।

बजार अनुगमनमा कृषि ज्ञान केन्न्द्र,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,संचारकर्मी,उद्योगबाणिज्य संघ लगायत सरोकारवाला हरुको सहभागीता रहेको थियो।

You might also like