डडेल्धुराको अमरगढी नगरपालिकाले रोजगार मेला आयोजना गर्दै

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाले पहिलोपटक रोजगार मेलाको आयोजना गर्ने भएको छ। रोजगार सेवा केन्द्र अमरगढी नगरपालिकाको आयोजनामा आउदो वैशाख २२ गते रोजगार मेला हुने भएको हो।

श्रम बजारमा रोगजारीको पहिचानका लागि मेला आयोजना गर्न लागेको अमरगढी नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। अवस्थिका अनुसार रोजगार सेवा केन्द्र डडेल्धुराको प्राविधिक सहयोगमा महेन्द्र मावि खलंगामा मेला आयोजना हुनेछ। मेलामा विभिन्न स्टलहरू रहने छन्।

कामको खोजीमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरूलाई लक्षित गरी रोजगार मेला आयोजना गर्नलागीएको हो।

‘रोजगारदाता र कामको खोजीमा रहेका युवाहरूलाई प्रत्यक्षरूपमा भेट गराउने र रोजगारीको सुनिश्चितताका मेला आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘मेलामा बेरोजगार युवाहरूको क्षमता पहिचान र रोजगारको अवसरको खोजी गरिनेछ।’

रोजगार सेवा केन्द्र अमरगढीले आइतबार विभिन्न व्यवसायीहरूसँग छलफल गरेको छ। उक्त छलफलमा उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ, हाडवेयर संघका प्रतिनिधि र पत्रकारहरूतको सहभागिता रहेको थियो।

रोजगारदाताले यही २१ गते सम्ममा आफूलाई आवश्यक पर्ने कामदारको पद र संख्या तोकि छनोट प्रक्रियाका लागि आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ भने बेरोजगारले आफ्नो योग्यता र क्षमताअनुसारको रोजगारी खोजी गर्नुपर्नेछ।

You might also like
Leave A Reply

Your email address will not be published.