बझांगमा मतदान सम्पन्नः मतपेटिका संकलन हुदै

डडेल्धुरा-बझाङमा उपनिर्वाचनका लागि गरिएको मतदान सकिएको छ । आज सम्पन्न भएको मतदानमा ५० प्रतिसत भन्दा थोरै कम खसेको छ ।

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनको मतदान शान्तिपूर्व भएको सुरक्षा निकायको दाबी छ। बझाङ प्रदेश सभा १ अन्तर्गत ९३ मतदान केन्द्र र ७४ मतदानस्थल रहेकोमा सबैमा शान्तिपूर्ण मतदान भएको हो।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ६१ हजार ७ सय ६८ मतदाता रहेको बझाङमा ३० हजार ३ सय २८ मत खसेको र साइपाल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक अरू वडा र स्थानीयतहका मतपेटिका मतगणनास्थल सदरमुकाम चैनपुरतर्फ ल्याउने काम थालिएको छ।

साइपालबाट भने हेलिकप्टरमा मतपेटिका ल्याइने छ त्यसपछि मतगणना सुरु हुने छ। बझाङमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

You might also like