चुनाब

लेखक- सुरेश गोदार थापा

जनता हो फेरि चुनाव का दिन आय

सबै पार्टी ले चारैतिर,झन्डा फहराय

छैन कहि बिरोध र झै झगडा

पद कै छ अब,प्रतिशप्रधा तगडा ।।

जितेका ले फेरि ,बिकास गरेको गित गाउने छन

सबै पार्टी का नेता जिउहरु,हाम्रो घर घर मा आउनेछन।।

नचिनेकै भयपनी अब,नमस्कार पाइने छ

नाता नपर्ने भयपनी,अब गाढा नाता लाइने छ ।।

चारैतिर बिकास को नारा लाइने छ

ढुक्क हुनुहोस,फेरि मासु र…..पाइने छ ।।

सकिन्छ भने कुनै चिज को लोभ मा,न पर्नु होला

जो सुकै आय पनि बिकास को माग गर्नु होला।।

गयको पाँच बर्ष मा के के भो,मुल्यांकन गर्नु होला

नत्र फेरि पाँच बर्ष ,पछुतो मा पर्नु होला।।

चार दिन को झिलिमिली मा,न रमाउनुहोला

नत्र फेरि जानू पर्ला बिदेश,हालेर कानमा झोला।।

पार्टी सबै राम्रै हुन,कसैलाइ दोस छैन

बिकास गर्ने बय्क्ती ले हो पार्टी ले होइन।।

आज सम्म जे जे भयो,कसैलाइ न दिउ दोस

आउदो निर्बाचन ले चारैतिर,देश को बिकास होस।।

धन्यबाद

अमरगढी ५, डडेल्धुरा

You might also like