कतारका राजा आज नेपाल आउदै

काठमाण्डौ-कतारका राजा शेख तमिम विन हमद अल थानी आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ। दुईवटा विशेष विमानमा आधा दर्जनभन्दा बढी मन्त्रीहरूसहित उहाँ आज साँझ ५ बजेर ३५ मिनेटमा काठमाडौं अवतरण गर्ने तालिका रहेकोछ। परराष्ट्र मन्त्रालयका अनुसार उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने कार्यक्रम तय भएकोे छ।

कतारी राजा थानीको भ्रमणमा युवा तथा खेलकुदको क्षेत्रमा आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रका साथै विभिन्न सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालले श्रम सम्झौताको पुनरावलोकन हुने सम्भावना कम रहेको जानकारी दिए ।

नेपालको इतिहासमै पहिलोपटक कतारका राजाबाट नेपाल भ्रमण हुन लागेको हो। उहाँको भ्रमणको सम्मानमा नेपाल सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

राजा थानीको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ। सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार बलाधिकृत रथी अशोकराज सिग्देलले एकीकृत सुरक्षा समन्वय समितिको संयोजन गर्नुहुने भएको छ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजा शेख तमिम विन हमद अल थानीको सम्मानमा रात्री भोजको आयोजना गर्नुहुने भएको छ। बुधबार नेपाल र कतारबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। सोही दिन साँझ राजा थानी कतार फर्कने कार्यक्रम छ।

You might also like
Leave A Reply

Your email address will not be published.