सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले दाबी पेश गर्दै

कैलाली-सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , नाउपाको रन्जिता पक्षका सांसद र स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।

यसअघि एमालेले एकीकृत समाजवादीको नेतृत्व स्विकार गर्ने भने पनि सोडारीबाहेक अन्यलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान लिएको थियो । तर, अहिले एमाले आफ्नो अडानबाट पछि हटेको हो ।
नेकपा समाजवादी आज दिउसो दुई बजे सम्मको लागी नेकपा एमाले लाई अल्टिमेटम दिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.