डडेल्धुरा-नेपाल विद्यार्थि संघ डडेल्धुराले डडेल्धुराको सबै स्थानिय तह लाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल विद्यार्थि संघ को ५५ औँ स्थापन दिवसको अवसर पारि ज्ञापनपत्र बुझाईएको नेवि संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए ।
ज्ञापनपत्रमा नेपालको संविधान २०७२ को धारा ३१ मा व्यवस्था गरिएको शिक्षा सम्बन्धि हकको पालना भए वा नभएको अनुगमन गरि उक्त हकलाई पूर्ण रुपमा पालना गर्नको लागी आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।
यसका साथै विद्यालयमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था, बालमैत्री तथा अपांगमैत्री शौचालयहरुका साथै समय सान्दर्भिक शिक्षणको लागी ई पुस्तकालय र डिजिटल कक्षा कोठाको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।
यसका साथै आगामी बजेट निर्माण गर्ने क्रममा कम्तिमा २० प्रतिसत बजेट शिक्षा क्षेत्रमा समेट्नुपर्ने, विषयगत शिक्षकहरु लाई वार्षिक २ पटक तालिम दिईनुपर्ने, विज्ञहरुको संगको छलफल बाट स्थानिय तहको शिक्षा नीतिहरु तयार गर्नुपर्ने र विद्यार्थिहरुको निशुल्क र अनिवार्य स्वास्थ्य विमाको व्यवस्था गरिनुपर्ने लगायतका मागहरु सहितको ज्ञापनपत्र बुझाईएको हो ।
You might also like