रहेनन प्रकट पङ्गेनि

गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ ।
जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।
स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा अन्ततः निधन भएको साहित्यकार रुपिन्द्र प्रभावी कटुले जानकारी दिए । ७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रुपा गाउँपालिका वडा ५ निवासी हुन् । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।
उनी सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् ।
भोलि बुधबार दिउँसाे १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरि फुलबारी घाटमा उनकाे अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ ।

You might also like
Leave A Reply

Your email address will not be published.