आज चैते दसैं मनाइदैं

शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो

डडेल्धुरा-चैत शुक्ल अष्टमी,अर्थात् चैते दसैंका अवसरमा मंगलबार बिभिन्न शक्तिपीठहरुमा शक्ति स्वरुपा देवीको पूजा उपासना गरिएको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

असोजमा मनाईंने दसैंलाई बडादसैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दसैं मनाइन्छ । यस दिन घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत,कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ ।

चैते दसैंको दिन डडेल्धुराको उग्रतारा, बैतडीस्थित निङ्गलाशैनी, रणशैनी, मेलौली, डिलाशैनी, बोदलाशैनी, बझाङस्थित शुर्मादेवी, डोटीको शैलेश्वरी, बडिमालिका, काठमाडौंको भद्रकाली,शोभाभगवती,दक्षिणकाली,गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामनालगायत देशभरका शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.