डेल्धुरा-डडेल्धुराको अमरगढी नगरपालिका –३ मा अवस्थित घटालथानमा आज विसु जाँत भव्यताका साथ सम्पन्न भएको छ ।
सुदूरपश्चिमै प्रसिद्ध शक्तिपिठका रूपमा रहेको घटालथानमा हरेक वर्ष वैशाख २ गते घटालजाँत हुने गरेको छ ।
डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको किंवदन्ती रहेको छ ।
लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।
घटालबाबाको दर्शन गर्नाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । मनोकामना पूरा भएपछि बोकाको बली दिने चलन रहि आएको छ ।