बझाङमा रिक्त प्रदेशसभा चुनावको चहलपहल शुरु

चैनपुर–बझाङ प्रदेशसभा–१ मा अगामी बैशाख १५ गते हुने उप निर्वाचनको चहलपहल शुरु भएको छ ।
प्रदेशसभा उपनिर्वाचनको चहलपहल बढन थालेसंगै निर्वाचनमा मतदान गरेपछि मात्र यार्सागुम्बा टिप्न लेकतिर जाने तयारी स्थानीयको छ । बर्षेनी बैशाखको पहिलो सातातिर यार्सागुम्बा संकलन गर्न यहाँका स्थानीयहरुको लर्को लेकतिर लाग्ने गर्दछ । विषेशत जिल्लाका उत्तरी भेगका बासिन्दा यसवर्ष भने प्रदेशसभाको चुनावमा मतदान गरेर मात्रै यार्सागुम्वा संकलन गर्न लेक चढने बताँउछन । मतदान गरेर सक्षम जनप्रतिनिधि निर्वाचित गराएर मात्रै यसपटक यार्सागुम्बा टिप्न निस्कने तलकोट गाउँपालिकाका ढुन्डुक लामाले बताए ।
बझाङमा आसन्न उप निर्वाचनका लागि सत्ता गठबन्धनका चार दलले छुट्टाछुट्टै प्रतिष्प्रर्धा गरिरहेका छन । गठबन्धनबाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएकाले मित्रवत प्रतिष्प्रर्धा हुने माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताए । वैशाख १५ गते हुने उपनिर्वाचनमा गठबन्धन दल माओवादीबाट बुढा, एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपाबाट रामबहादुर जाग्री उम्मेदवार छन भने काँग्रेसबाट अभिषेक सिंह उम्मेदवार छन । बिभिन्न राजनीतिक दलबाट १२ जना उम्मेदवारहरुले चुनावी प्रतिष्प्रर्धा गरिरहेका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.