महाकालीमा ट्युबबाट तारेर लाखौंको सामान तस्करी हुदै

जोगबुडा–डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित बाङघाट र सिसमझाला नाकाबाट दिनहुँ लाखौं मुल्य बराबरका सामानहरुको तस्करी हुने गरेको छ ।
भन्सारविहीन सिमा नाकाबाट दुर्लभ जडिबुटीहरु, वन्यजन्तुको ओखोटोपहार, सल्लाको आँखा, चरेश जस्ता प्रतिबन्धित बस्तुहरु भारत निकासी हुने गरेको छ भने भारतबाट भन्सार छलेर दैनिक लाखौं मुल्यका सरसमानहरु नेपाल भित्रिने गरेको स्थानीय बताउछन ।
सिमा क्षेत्रमा दुई वटा प्रहरी इकाई र सशस्त्र प्रहरी बलका तीन सिमा सुरक्षा चेकपोस्ट भए पनि रातीको समयमा महाकाली नदीमा ट्युवबाट सरसमान तारेर तस्करी हुने गरेको हो । तस्करीमा संलग्न ब्यक्तिहरुले सुरक्षा निकायलाई मिलाएर सामान ओसारपसार गर्ने गरेको स्थानीयको आरोप छ ।
सिमावर्ती भारतीय बजार टकनपुरबाट कालोमरिच, गुटखा, बिडी, कपडा र दैनिक उपभाग्य सामानहरु भन्सार छलेर ल्याई नेपाली बजारहरुमा सप्लाई गर्ने गिरोहनै सक्रिय रहेको र राती महाकाली नदीबाट सरसमान तार्ने गरिएको प्रहरी अधिकारीहरु बताउछन ।
तस्करीमा संलग्न गिरोहलाई पक्रन पटकपटक राती अप्रेसन चलाए पनि सफलता हासिल हुन नसकेको परिगाउँस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरीकर्मीले बताए । तर मलास क्षेत्रबाट अवैध रुपमा दुर्लभ जटिबुटी र काठ भारत निकासी भएका बेला प्रहरी र वनकर्मीले पक्राउ गरेपनि कारवाही नगरि छोडिएको स्थानीयको गुनासो छ ।
तातापानी सिमा नाकास्थित सिमा प्रहरी चौकी चन्दनीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गरिएको लामो समय बितिसक्दा पनि इन्चार्जका रुपमा हालसम्म प्रहरी निरिक्षक पठाइएको छैन ।
ठुला व्यवसायीहरुले भारतीय बजारबाट प्रतिदिन लाखौं रुपैयाँको सरसमान भन्सार छलेर ल्याउदा पनि मुकदर्शक बन्ने गरेको भारतीय सिमा सुरक्षा वलले सर्वसधारणले घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामान र लत्तककपडा ल्याउँदा सास्ती दिने गरेको स्थानीय बताउछन ।
सिमा नाकाबाट भइरहेको तस्करी नियन्त्रणका लागि निरन्तर पहल भइरहेको इलाका प्रहरी कार्यालय चन्दनीले जनाएको छ । सिमा नाकास्थित सशस्त्र प्रहरीका विओपीहरुले पनि सक्रियता बढाएको जनाएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.